Posted on

हरियो गुलाब (Green Rose)

यो गुलाब सबैभन्दा असामान्य गुलाब मध्ये एकमा पर्दछ । यसलाई सन् 1856 ताका बेलायती फर्म बेम्ब्रिज र ह्यारिसनले परिचित र लोकप्रिय बनाएका थिए ।

यो एक उत्परिवर्तनको परिणाम हो भन्ने विश्वास गरिन्छ । यसका फूलहरू अनौंठो हुन्छन् जुन पात जस्तै सिप्पलले बनेको हुन्छ । यो करिब ३ फिट उचाईको सानो तर सफा झाडी जस्तै हुर्कन्छ । यसका फूलहरू हरियो हुन्छन् भने कोपिला केही रातो संकेतको साथ चम्किलो स्पष्ट हरियो र रोग मुक्त हुन्छ ।

यद्यपि, यो गुलाबको बोटमा फूल फुलेको छ या छैन भनेर टाढाबाट सजिलै ठम्याउन भने मुश्किल छ जसले यसलाई अझै आकर्षक अनि अनौठो समेत बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *